बिनोद निगम / नवलपरासी ,११ भदौ
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ४ ललितपुरस्थित ४ बजेको समयमा उखुबारीमा रहेको छाप्रो भित्र लुकेर बसिरहेको अवस्थामा लागू औषध सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटि गएको गस्ति टोलीले देखी शंका लागी चेकजाँच गर्दा नुफिन ३९ एम्पुल,डाईजापाम ३९ एम्पुल,फेनारगन ३९ एम्पुल र प्रयोग गरेको ग १७ प ८२९७ नम्बर को स्कुटर समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
पक्राउ पर्ने जिल्ला पाल्पा तानसेन नगरपालिका ११ बर्तुङ बस्ने बर्ष १८ को श्याम मगर लाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई राखेको,थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

