Rashtriya Dainik

परासीमा लागुऔषध सहित दुईजना प्रहरीको नियन्त्रणमा

अनिल बनिया / नवलपरासी,११ भदौ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ४ यातायात व्यवस्था कार्यालय नजिक दक्षिणबाट उत्तर तर्फ आउदै गरेको सोमबार साँझ ५ बजेको समयमा लु ४५ प ९०९८ नंबरको मोटरसाइकललाई खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा मोटसाइकलको सिट मुनि कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

उनीहरूको साथबाट नाईट्रोभेट- ३० ट्याब्लेट,स्पास्मो – १८० क्याप्सुल,ओनोरेक्स,१०० एम.एल को २ बोटल सहित फेला परेको थियो ।

पक्राउ पर्नेमा सुनवल नगरपालिका ३ देबकोटा टोल बस्ने बर्ष ३८ को केशब श्रेष्ठ सोही स्थान बस्ने बर्ष ३८ को प्रशान्त गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं डिएसपी रेशम बोहराले जानकारी दिएको छ ।

पक्राउ परेका दुवैजनालाई मंगलबार (आज) सम्मानित जिल्ला अदालत परासीबाट लागुऔषध कसुर सम्बन्धि ७ दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय परासीको हिरासतमा राखी थप अनुसन्धान भईरहेको बोहराले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित