संजय कुशवाहा / नवलपरासी ११ भदौ
पश्चिम नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको रामग्राम नगरपालिका वडा नं. ४ यातायात व्यवस्था कार्यालय नजिक दक्षिणबाट उत्तर तर्फ आउदै गरेको लु ४५ प ९०९८ नम्बरको मोटरसाइकललाई प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नं. ३ देबकोटा टोल बस्ने वर्ष ३८ को केशब श्रेष्ठ र सोही ठाउँका मोटरसाईकल पछाडी सवार रहेका वर्ष ३८ को प्रशान्त गुरुङ पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।
दुबै जना सवार रहेका मोटरसाइकलको सिट मुनि कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा नाईट्रोभेट ३० ट्याब्लेट , स्पास्मो १८० क्याप्सुल , ओनोरेक्स १०० एम.एलको २ बोतल फेला पारी उक्त लागु औषध , मोटरसाईकल र मानिसहरुलाई नियन्त्रणमा लिई लागु औषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

