Rashtriya Dainik

ईप्रका पोखरियाको सक्रियता, भंसार छलीका लाखौ मुल्य बराबरको कपडा बरामद

राजन कुमार बानिया /पर्सा ,१० भदौ

पर्साको बिन्दबासनी गाउँपालिकाबाट आज बिहान ईलाका प्रहरी कार्यालय पोखरियाले लाखौं मुल्य बराबरकोे कपडा बरामद गरेको छ।

भारतको भेलाही बजारबाट अबैध रुपमा भन्सार छली गरि नेपाल भित्राएको अवस्थामा पोखरिया प्रहरीले करिब दुई लाख बराबरको अबैध कपडा बरामद गरिएको छ।

बरामद गरिएको कपडामा साडि १ सय ६३ पिस, कुर्था सुट १७ पिस, थानको कपडा २ थान गरि १ लाख ९६ हजार ५०० सय बराबरको कपडा बरामद गरिएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक राजन ढकालले जनाएका छन।
बरामद गरिएको कपडा ईलाका प्रहरी कार्यालय पोखरियाले बिरगंज भन्सार बुझाएको प्रहरीले जनाएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित