Rashtriya Dainik

नवलपरासीमा रक्तचन्दन जस्तो देखिने चिरान काठ बरामद

आरपि उपाध्याय / नवलपरासी ,९ भदौ

सशस्त्र प्रहरी बल नेपाल २६ न. गण पश्चिम नवलपरासीले रक्तचन्दन जस्तो देखिने चिरान काठ आइतबार बिहान लुकाइराखेको अवस्थामा बरामद गरेको छ।

पश्चिम नवलपरासी रामग्राम नगरपालिका ८ लोहोसरा बस्ने प्रमोद गिरीको घरमा लुकाइराखेको अवस्थामा चन्दनजस्तो देखिने काठ बरामद गरिएको २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिनुभएको छ।

गोप्य सुचनाको आधारमा लुकाइराखेको रक्तचन्दन जस्तो देखिने चिरान काठलाई २६ न. गणको टोली,महेशपुर भन्सार कार्यालयका प्रमुख र नेपाल प्रहरीको संयुक्त उपस्थितिमा घरखान तलासी गर्दा उक्त काठ बरामद गरिएको उपरीक्षक वाग्लेले बताउनु भयो।

सशस्त्र प्रहरी बल भन्सार कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको रक्तचन्दन जस्तो देखिने अवैध काठ ८१ थान (१३० केजी) रहेको बताइएको छ।

बरामद गरिएको अवैध सामाग्रीलाई थप कानुनी कारवाहिको लागि डिभिजन वन कार्यालय परासी पठाइएको पनि २६ न. गणले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित