Rashtriya Dainik

“रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अध्ययनरत साेमी डंगोलले त्रिवि टप गरिन”

काठमाडौं । नेपालभाषा विषयमा सर्वोउत्कृष्ट हासिल गर्ने विद्यार्थीहरुलाई ‘मोतिलानि सिरपा’ प्रदान गरिएको छ ।

नेपालभाषा विषयमा एइई देखि एम. ए. सम्म सर्वोउत्कृष्ट स्थान हासिल गर्नेहरूलाई  काठमाडौं महानगरपालिकाका पुर्व मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको डल्लुमा रहेको जगत सुन्दर ब्वनेकुथिबाट एइईमा सर्वोउत्कृष्ट स्थानमा हासिल गरेका रबिना श्रेष्ठ, अनिता महर्जनलाई सम्मान पत्र र नगद ६ हजार सहित प्रदान गरिएको थियो । साथै त्रिभुवन विश्वविद्यालय  स्नातक तह (बि.ए.) नेपालभाषा बिषयमा सर्वोउत्कृष्ट अंक हासिल गरेकी रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातकोत्तर (एम.ए.) तहमा अध्ययरत सोमी डंगोल ‘मोतिलानी सिरपा’ सम्मान पत्र तथा नगद ८ हजार तथा पाटन संयुक्त क्याम्पसबाट नेपालभाषा स्नातकोत्तर (एम.ए.) तहमा अनिल स्थापित, राकेश मास्केलाई सम्मान पत्र सहित १० हजार दिएर सम्मान गरिएको थियो ।

आर क्याम्पस स्थापना दिवसको दिनमै ‘मोतिलानी उपासिका प्रतिस्थानद्वारा अ‍ान्नद भुमि बिहार स्वयम्भूमा अ‍ायोजित समारोहमा सम्मानित हुन पाउँदा गौरवान्वित महुसस भएता पनि रत्न राज्यलक्ष्मी क्याम्पस एम.ए.मा अध्ययरत सोमी डंगोलले अ‍ाफुलाई रत्न राज्यलक्ष्मी क्याम्पसले वेवास्ता गरी भेदभाव गरेकोमा दुखेसो व्यक्त गरेका छन् ।

रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा पुनस्थापना पश्चात दोस्रो ब्याच वि.सं. २०७५ सालमा स्नातक तहमा अध्ययन सुरु गरेका सोमी डंगोलले वि.सं. २०७८ सालमा उत्तीर्ण मात्र नभई सर्वोउत्कृष्ट स्थान हासिल गरि उदाहरणीय बन्न सफल भएका छन् ।

नेपालभाषा शिक्षिकाका समेत रहेका सोमी डंगोलका अनुसार नेपालभाषा पढेर बेरोजगार हुन नपरेकाले  प्लस टु पास गरेका  विध्यार्थीहरूले नेपालभाषा बिषय लिएर अध्ययन गरेर  करियर बनाउन सकिने जनाइन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित