Rashtriya Dainik

मुग्लिङ–नारायणगढ अन्तर्गत घुमाउनेमा बस दुर्घटना : घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

चितवन,९ भदौ : नारायणघाट-मुग्लिन सडकखण्डको घुमाउनेमा दुर्घटना भएको बस त्रिशुलीमा खस्नबाट जोगिएको छ। आइतबार बिहान सवा सात बजे भरतपुर महानगरपालिका -२९ घुमाउनेमा यात्रुबाहक बस आफैँ अनियन्त्रित हुँदा सडक छेउमा बनाइएको डिभाइडरले नदीमा खस्नबाट जोगिएको हो ।

सडकको करिब एक सय मिटर तल त्रिशुली नदी छ। बस दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी भेषराज रिजालले जानकारी दिए। उनीहरुलाई चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको उनले बताए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप्र.प्र.०२–००१ ख १३३२ नम्बरको बस आफैँ अनियन्त्रित भई सडक साइडको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि उक्त स्थानमा बाटो एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित