Rashtriya Dainik

पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एककाे मृत्यु

राजन कुमार बानिया /पर्सा , ८ भदौ

पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । वडा नम्बर ५ शंकर सखुवनियाका ६० वर्षिय तुलसी राउत थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी गाउँनजिकैको जङ्गलमा शुक्रबार अपरान्ह घाँस काट्न गएका थिए । त्यस बेला बाघको आक्रमणमा परेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए ।

दाहिने खुट्टा र बाँया हात बाघले खाएको अवस्थामा थारुको शव आज विहान फेला परेको प्रहरी निरीक्षक बुढाथापाले बताए । शुक्रबार (हिजो) देखि बेपत्ता रहेका थारुको शव आज विहान सुगिभार नजिकको नर्सरीमा फेला परेको हो ।

उनले भने “थारु शुक्रबार अपरान्ह घरबाट घाँस काट्न जङ्गल गएका थिए । उनी अबेर रातिसम्म पनि घर नफर्के पछि स्थानियले आज विहान उनलाई खोज्न जङ्गलमा पुगे । खोज्ने क्रममा एक/एक हात खुट्टा नरहेको अवस्थामा उनको शव फेला परेको थियो ।

शव फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका टोली शवस्थलमा पुगेर मुचुल्का उठाई शव परिक्षण (पोष्टमार्टम) गर्न वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाएको प्रहरी निरिक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित