पर्सा, ७ भदौ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा आज बसेको बैठकमा कालिकामाई गाउँपालिकाका जनप्रतिनिधिहरु बिच भएको सहमती भादौ १९ गते गाउँ सभा गर्ने सहमती भए पछी कालिकामाई गाउँपालिकाको ताला खुलेको छ।
कालिकामाई गाँउपालिका कार्यालयमा करारका कर्मचारी ,जनप्रतिनिधि र केहि नेताहरुको सहयोगमा १४ दिन देखि लगाएको तालाबन्दी आज देखि खुलेको हो।
करारका कर्मचारीहरु १४ महिना अगाडि कार्यपालिका बोर्डबाट पास गरि हटाएकोले यो वर्षमा म्याद थपन नियमले नमिलेको कारण करारका कर्मचारीहरु हटाएको छ। हटाएको कर्मचारीहरुलाई संबन्धित निकाय अख्तियार ,लगायत कुनै कानुनबाट नमिलेको कारण म्याद थप नहुने बसेको प्रसाशनिक बैठकबाट सहमती भएको गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले जनाएका छन।
जिल्ला प्रहरी कार्यालय पर्सामा बसेको बैठकमा कर्मचारी राखने कुनै सहमती नभएपछी जनप्रतिनिधिहरुले गाउँ सभा गर्ने अवाज उठाएपछि १९ गते गाउँ सभा गर्ने सहमती पछी गाउँपालिकामा लगाएको ताला जनप्रतिनिधिहरुले आज खोलेको गाउँपालिका अध्यक्ष गुप्ताले बताए ।

१४ महिना पहिला करारको कर्मचारी हरुलाई हटाएको थियोे ।अहिले अाएर बिगत १४ दिन देखि राजनितीक उसकावामा परेर स्वास्थ्य कर्मचारी , जनप्रतिनिधिहरु गाँउपालिका कार्यालयमा ताला बन्दी गरेको थियो। जब कि १४ महिना पहिला देखि कर्मचारीहरुको म्याद थप नगरी हटाएको थियो। ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

