Rashtriya Dainik

डेङ्गु तथा जापानीज इन्सेफ्लाइटिस नियन्त्रण तथा रोकथाम सम्बन्धि अभिमुखिकरण

आरपि उपाध्याय / नवलपुर , ७ भदौ

पुर्वी नवलपरासी विनयी त्रिवेणी गा.पा.७ मा डेङ्गु तथा जापानीज इन्सेफ्लाइटिस नियन्त्रण तथा रोकथाम सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम शिवपुरगढीमा सम्पन्न भएको छ।

स्वास्थ्य कार्यालय नवलपुरको आयोजना तथा विनयी त्रिवेणी स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्र सिंह र डिल्लीराम तिवारीले कार्यक्रमको सहजीकरण गर्दै गर्मी र वर्षाको प्रकोप बढे सङ्गै डेङ्गु लगायत रोगको प्रकोप पनि देखापर्न थालेको हुँदा यसको रोकथाम तथा नियन्त्रण गर्न सरसफाइ र जनचेतनामूलक कार्यक्रमबाटै यो अभियान सफल बनाउन सकिने जानकारी गराउनुभयो।
सो अवसरमा विनयी त्रिवेणी गाउँपालिका वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुवराज काफ्ले,वडा न.७ की वडा सदस्य शोभा क्षेत्री,नारायणी गण्डकी सा.तथा सं.मा.वि. त्रिवेणीका प्र.अ. दिनेश कुमार पाण्डे लगायतले प्रतिक्रिया मन्तव्य व्यक्त गर्नुभयो।
विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ लक्षित कार्यक्रमलाई मुर्तरुप दिन आउदो सातादेखि नै जनचेतनामूलक कार्यक्रम गरिने पनि सहभागीहरुले बताएका थिए।

कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा न. ६ र ७ का जनप्रतिनिधि,विद्यालयका प्रधानाध्यापक,टोल सुधार समितिका अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका,सुरक्षा निकायका प्रतिनिधिहरुको पनि उपस्थिति रहेकोे त्रिवेणी सुस्ता स्वास्थ्य चौकी प्रमुख रघुनाथ भट्टराईले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित