राष्ट्रिय दैनिक / नवलपरासी , ७ भदौ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका अन्तर्गतका बिग्रेका भत्केका बाटाेहरु तत्काल मर्मत गरिने भएको छ ।

सरावल गाउँपालिका बिपद ब्यवस्थापन समितिकाे बैठकले गाउँपालिका अन्तर्गतका बिग्रेका भत्केका बाटाेहरु तत्काल मर्मत गरिने निर्णय भएको छ।
बर्षातकाे कारण भत्केका र खाल्टाे भएका बाटो आवतजावत समस्या भएको हुनाले सबै वडाका वडा अध्यक्षहरुसंग सम्बन्धित वडाका टाेहरुमा भत्केका , बिग्रेका बाटोकाे टाेलकाे नाम माग गरिएको र नाम आउनसाथ मर्मत सम्हारका काम तत्काल गरिने सरावल बिपद ब्यवस्थापन समितिकाे अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।

तत्कालका लागि अति आवश्यक बाटाेलाई बिशेष प्राथमिकतामा राखि अति बिलम्ब काम गरिने र अन्य बाटोलाई केही दिनमा प्राथमिकताकाे आधारमा काम अगाडि बढाइने अध्यक्ष चाैधरीले बताउनुभयो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

