Rashtriya Dainik

तनहुँ बस दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि काठमाडौं पठाइयो,सवार सबै यात्रु भेटिए

पोखरा ,७ साउन ।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा गम्भीर घाइते बनेका १६ उपचारका लागि काठमाडौं पुर्‍याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत दुई पटक गरेर १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।दुर्घटनामा चालकसहित ४३ जना परेको र सबैको उद्धार भइसकेको गौतमले बताए ।

दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने बाँकीको अवस्था पनि अचेतावस्थामा रहेको गौतमको भनाइ छ ।

‘काठमाडौं उपचारका लागि लगिएका विरामीबाहेक १४ जना मृत घोषणा भइसकेको छ भने बाँकी १३ जनाको अवस्था पनि चिन्ताजनक छ, केही बेरमा अवस्था सार्वजनिक गर्छौं,’ सिडिओ गौतमले भनेपहिलो पटक १२ र पछिल्लो पटक ४ जना गरी १६ जनालाई थप उपचारका लागि काठमाडौं शिक्षण अस्प्ताल पठाइएको उनले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित