Rashtriya Dainik

सरावल र पाल्हिनन्दनकाे अटाे ब्यवसायीद्वारा बनभाेज कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी ,७ भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा सरावल र पाल्हिनन्दनकाे अटाे ब्यवसायीद्वारा बनभाेज कार्यक्रम सम्पन्न भएको छ।

जय काेटही माई सरावल अटाे सेवा समिति र पाल्हिनन्दन अटाे ब्यवसायीकाे संयुक्त आयाेजनामा अटाे ब्यवसायीबिच आत्मियता कायम र सबैकाे अनुभव आदानप्रदान उद्देश्य सहित बनभाेज कार्यक्रम गरिएको जय काेटही माई सरावल अटाे सेवा समिति अध्यक्ष श्यामसुन्दर जयसवालले जानकारी दिनुभएको हाे।

बनभाेज कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक ), सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन लगाएतकाे सहभागीता रहेको पाल्हिनन्दन अटाे सेवा समिति अध्यक्ष दिलिप कुमार गुप्ताले जानकारी दिनुभएको हाे।

अटाे ब्यवसायीहरुले अटाे चलाउने दाैरानमा भाेगेकाे समस्या ,कठिनाइ र समस्याकाे सन्दर्भमा द्वय पालिका अध्यक्षलाई जानकारी गराएका थिए ।

अटाे ब्यवसायीहरुकाे समस्या सुनिसकेपछि पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक ), सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले समस्या समाधानका लागि पहल गर्ने र अटाे ब्यवसायीहरुकाे हितमा काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित