पर्सा ,७ भदौ
पर्सा निर्वाचन क्षेत्र नं. २ का रमेश रिजालको स्वकीय सचिव राकेश यादवले व्यक्तिगत कारणले पदबाट राजीनामा दिएका छन्। उनले राजीनामा पत्रमार्फत आफ्नो निर्णयको जानकारी दिएका हुन्।
राकेश यादवले २०७९ मंसिर ७ गतेदेखि हालसम्म स्वकीय सचिवको रूपमा कार्यरत रहँदै आएका थिए। उनले राजीनामा पत्रमा आफूले यो जिम्मेवारी निर्वाह गर्ने क्रममा धेरै अनुभव बटुल्न पाएको उल्लेख गरेका छन्। उनले नेपालको राजनितिक, आर्थिक, र सामाजिक परिवेशबारे जानकारी लिने मौका प्राप्त गरेको र आफ्नो कर्तव्यपालनमा कहीँ कतै कमजोरी भएको भए त्यसका लागि क्षमा याचना गरेका छन्।
यादवले आफ्नो राजनीतिक क्षेत्र पर्सा २ र आफ्नो कर्मक्षेत्र रहेको निर्वाचन क्षेत्र ४ को आधारमा राजनीति गर्दा धेरै आरोह-अवरोहहरूको सामना गर्नुपरेको बताएका छन्। उनले अगामी भविष्यमा पनि पार्टीको सहयोग र मार्गदर्शन पाउने आशा व्यक्त गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

