विनोद निगम /नवलपरासी ,५ भदौ
पश्चिम नवलपरासीमा ठूलो परिणामका लागुऔषध खैरो हेरिईन (ब्राउन सुगर)सहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका वाड ८ बालुवा टोल बस्ने बर्ष अन्दाजी ५२ को जगदिश केवट रहेको प्रहरीले जनाएको छ।
प्रहरीलाई प्राप्त विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिगएको संयुक्त गस्ती टोलीले बुधबार बिहान १०:४५ बजेको समयमा प्रतापपुर गाउँपालिका- ४ हरकपुरास्थित नेपाल भारत सिमाना नजिकै भारतबाट नेपालतर्फ पैदल आँउदै गरेको अवस्थामा शंका लागि रोकी चेकजाँच गर्दा केवटले लगाएको खैरो रंगको पाईन्टको दाहिने खल्तीबाट कालो प्लाष्टिकमा बाँधेर लुकाई छिपाई ल्याएको लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) जस्तो देखिने पदार्थ ३० पुरीया फेला पारी उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायब रेशम बोहराले जानकारी दिए ।
उनको साथबाट बरामद गतिएको उक्त परिणामका पुरिया तत्काल तौल गर्दा ३५ ग्राम रहेको बोहराले बताए । केवटलाई जिल्ला प्रहरी कार्यालय परासीको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको डिएसपी बोहराले बताए ।

लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ `छ´ २ अनुसार उल्लेखित कसुर गर्ने कसुरदारलाई दश वर्ष देखि पन्ध्र वर्षसम्म कैद र पचहत्तर रुपैयाँ देखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

