राष्ट्रिय दैनिक / नवलपुर ,४ भदौ
ईलाका प्रहरी कार्यालय त्रिवेणी नवलपरासी (ब.स.पु.) ले फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
विनयी त्रिवेणी गाउँपालिका वडा न.६ त्रिवेणी बजार बस्ने वर्ष २८ को सरोज कार्कीलाई लागू औषध हिरोइन मुद्दामा ३ महिना कैद र ४ हजार रुपैयाँ जरिवाना तोकिएको फरार प्रतिवादीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक पदम थापाले जानकारी दिनुभएको छ।
कैद र जरिवाना तोकिएको मुद्दा न. ०७८/CL/०११७ र फैसला मिती ०६५ भदौ १५ मा फैसला भए उपरान्त फरार प्रतिवादीलाई प्रहरी सहायक निरीक्षक हेम बहादुर पराजुलीको कमान्डमा खटिएको ४ जनाको प्रहरी टोलीले पक्राउ गरि सम्मानित जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले बताएको छ।
त्यसैगरी २०८१ साल श्रावण १५ गते सम्मानित जिल्ला अदालत नवलपरासी पुर्वबाट पनि थप एक फरार व्यक्तिलाई त्रिवेणी प्रहरीले नियन्त्रणमा लिइ ई.प्र.का. दुम्किबासमा पठाएको छ।
विनयी त्रिवेणी ६ त्रिवेणी बस्ने वर्ष ३१ को आकाश निगम भन्ने आकाश कुमार उनईलाई ई.प्र.का. त्रिवेणीका स.इ. महेश रायमाझीको नेतृत्वको टोलीले नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाएको त्रिवेणी प्रहरीले जानकारी दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

