काठमाडौं ,४ भदौ : कक्षा १२ को नतिजामा चित्त नबुझेपछि करिब ४० हजार परीक्षार्थीले पुनर्योगका लागि नविेदन दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले १८ साउनमा प्रकाशित गरेको नतिजामा चित्त नबुझाएका करिब ४० हजार जनाले पुनर्योग माग गर्दै आवेदन दिएका हुन् ।
पुनर्योगका लागि आवेदन दिने विद्यार्थी संख्या अहिलेसम्मकै धेरै रहेको परीक्षा नियन्त्रक (कक्षा १२) कृष्णप्रसाद शर्माले बताए । ‘पुनर्योग गर्न आवेदन दिने विद्यार्थी संख्या अहिलेसम्मकै बढी हो, अनलाइनमा आवेदन दिन पाउने सुविधाका कारण धेरै भएका हुन् । जहाँबाट पनि आवेदन दिनसक्ने भएपछि सुविधा उपभोग गरे’, उनले भने ।
कार्यालयले २२ साउनसम्म आवेदन दिएका ७ हजार विद्यार्थीको पुनर्योगको नतिजा सार्वजनिक गरिसकेको छ । नतिजा अनुसार अहिलेसम्म ५५ जना को नतिजा परिवर्तन भएको छ । नियन्त्रक शर्माले भने ‘अहिलेसम्म शिक्षकहरुले उत्तरपुस्तिकाबाट पोस्टिङ गर्दा गल्ती भएको देखिएको छ ।’
कार्यालयले नतिजामाथि चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि १ भदौसम्म अनलाइन आवेदन दिन आह्वान गरेको थियो । कक्षा १२ को परीक्षामा नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागीमध्ये एक लाख ८१ हजार ७८५ जनाले एनजी ल्याएका थिए ।
पुनर्योगमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्नका लागि आवेदन दिन सक्नेछन् । पुनर्योगको काम सकेपछि उत्तरपुस्तिकाको लागि आवेदन लिने र त्यही अनुसार काम थाल्ने नियन्त्रक शर्माले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

