Rashtriya Dainik

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ७ को आयोजनामा शोक सभा

आरपि उपाध्याय / नवलपरासी ,३ भदौ

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ७ को आयोजनामा शोक सभा आइतबार रानीनगरमा सम्पन्न भएको छ।
नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ७ वडा कार्य समितिका सचिव विष्णुप्रसाद पौडेलको ममतामयी आमा बनिसरा देवी पौडेलको ७६ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको सातौं पुण्यतिथीमा शोक सभा सम्पन्न भएको हो।
वडा कार्यसमितिका संयोजक निरन्जन थापाको अध्यक्षतामा शोक सभा सम्पन्न भएको थियो।
शोक सभाको प्रमुख अतिथि समेत रहनु भएका नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जि.सी. ले प्रजातान्त्रिक आन्दोलनको विभिन्न कालखण्डमा दिवाङ्गत हुनु भएकी पौडेलको सराहनीय भुमिका रहेकोले पौडेल परिवारको सुख, दुखको हरेक समयमा पार्टीको पुर्ण सहयोग रहने धारणा राख्नुभयो।
सभापति जि.सी. ले दिवाङ्गत पौडेलको परिवारजन संग पनि भेट गरि दु:खको घडिमा धैर्यधारण गर्ने शक्ति प्रदानको कामना गर्नुभएको थियो।
त्यसैगरी विनयी त्रिवेणी ७ मा रहनु भएकी नेपाल महिला संघको पुर्व जिल्ला सदस्य राधादेवी रायमाझी लामो समयदेखि अस्वस्थ रहनु भएकोमा रायमाझीको निवासमा पुगि स्वास्थ्य लाभको कामना पनि गर्नुभयो।

सभापति जि.सी. ले विनयी त्रिवेणी ७ मा घर भएका विष्णु गुरुङको निधन भएको सातौं दिन कृया पुत्रीलाई भेट गरि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दु:ख को घडीमा सिङ्गो पार्टीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्नुभएको क्षेत्रीय प्रतिनिधि प्रेम श्रेष्ठले जानकारी दिनुभयो।


सो अवसरमा महासमिती सदस्य, महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमिति सदस्य,क्षेत्रीय सभापति, पालिका र वडा स्तरीय नेताकार्यकर्ता र शुभेच्छुकहरुको उपस्थिति रहेको वडा सचिव गिरधर स्वर्णकारले बताउनु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित