Rashtriya Dainik

एैतिहासिक नगरी कीर्तिपुरमा बाघभैरवकाे जात्रा भव्य रूपमा सम्पन्न (भिडियाे सहित)

काठमाडौं । धार्मिक, सांस्कृतिक तथा एैतिहासिक नगरी कीर्तिपुरमा बाघभैरवकाे जात्रा भव्य रूपमा मनाइएको छ । प्रत्येक वर्ष भाद्र १ गते सिंह संक्रान्तिका दिन मनाइने यस जात्रा कीर्तिपुरमा विशेष महत्वका साथ कीर्तिपुरका आराध्य देवका बाघभैरव जात्रा मनाइने गरिन्छ ।

कीर्तिपुरबासीले वि.सं. २०१३ सालदेखि मनाउन सुरूवात गरिएकाे यस जात्रा विशेष महत्वका साथ मनाउने गरिन्छ । कीर्तिपुरको मध्य भागमा रहेको बाघभैरवलाई त्यहाँका बासिन्दाले आराध्यदेव मानी पूजाआजा एवम् जात्रा मनाउँदै आएका छन्

साे जात्राका अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गर्ने गरिन्छ । यस दिन बाघभैरवको मन्दिर एक सय आठ पटक घुमेमा मनले चिताएकाे पूरा हुने पाप, भय, संकट, कष्ट नष्ट भई पुण्य सञ्चय हुने जनविश्वास रहेको छ । बाघ भैरवलाई आइ द्यः, ब्याघ्रेश्वर, धुंम्बा आजु, धुंआजुका नामले समेत सम्बोधन गरिन्छ ।

भिडियो हेर्नको लागि लिङ्क क्लिक गर्नुहोला ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित