Rashtriya Dainik

रक्षाबन्धनको साइत १ बजेर ३१ मिनेट पछि मात्र

पाञ्चाङ्ग निर्णायक समितिले समयमै ऋषितर्पणी रक्षाबन्धनको शुभ साइत निर्धारण नगरिदिँदा यस वर्षको ऋषितर्पणी तथा रक्षाबन्धनको शुभ साइतका बारेमा जनमानसमा भ्रम उत्पन्न भएको छ । ऋषितर्पणीका दिन मध्यान्ह १ः३१ बजे सम्म भद्रा नक्षत्र परेको भन्दै रक्षाबन्धन तथा ऋषितर्पणीको कर्म गर्न नहुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

निर्णाय समितिले विज्ञप्ति जारी गर्दै २०८१ साल भाद्र ३ गरी सोमबार श्रावणशुक्ल पूर्णिमाका दिन गरिने मणस्नान, उपाकर्म नूतन प्रज्ञोपवीतधारण ऋषितर्पणी एवं रक्षाबन्धन आदि कृत्यहरुको काल सम्वन्धमा विभिन्न सामाजिक सञ्जालमा उठेका तर्कहरूले सर्वसाधारण जनतामा भ्रम पैदा भैरहेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४० घद्धि १९ पला रहेको र घण्टा मिनेटअनुसार त्यस दिन दिउसो ११ः३१ बजेसम्म भद्रा नक्षत्र जनाइएको छ । भद्रामा श्रावणीसम्वन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामवाट राजा बर्यात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं शहरको नाश हुन्छ भन्ने विषय स्पष्ट उल्लेख भए‌को समितिले स्पष्ट पारेको छ ।

‘गणस्नान आदि उपाकर्मका समस्त कर्म र रक्षावन्धनको पनि पूजनादि गर्न हुने तर रक्षा सूज्ञमात्र पूर्वोक्त व्यक्तित्वहरूले बान्न नहुने हुँदा भद्रापछि बाँध्न उचितत हुने शास्त्रीय व्यवस्था र परम्परा पनि रहेको देखिन्छ ।’ विज्ञप्तिमा लेखिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित