नवलपरासी, २ भदौ ।
वन संरक्षण एवम् सामुदायिक बनसंग समुदायको अपनत्व बढदो क्रममा छ ।
सुनवल नगरपालिका वडा नम्बर ६ मा स्थित बिशासय सामुदायिक बन उपभोक्ता समूहको वन क्षेत्र अन्तर्गत पडलखाडी घाँस विकास क्षेत्रको पूर्वतर्फ कवर समुदायको समाधि स्थलमा २०० आँपको बिरुवा, ५० अम्बा, २० लिच्ची, २०कटहर एबम् बासका १५० विरुवाहरु रोपण गरेका छन ।
वनमा परम्परागत रुखका साथै फलफुल लगायतका आयमुलक खेती वा सामुदायिक वनलाई चिनाउन सामुदायिक वनको नेतृत्वलाई सम्पुर्ण स्थानीय बासीले सक्दो सहयोग पुर्याउन हर सम्भव प्रयास गरि बनको रक्षा गर्नु पर्छ भन्दै बिरुवा रोपण गरिएको हो ।

वन क्षेत्रमा वन विकासका लागि पुर्याएकाे सहयोग एवम् समाधि स्थललाई समाधि मात्र नभएर आफन्तजनहरुको सम्झनाको लागि बिरुवा रोपेर गरेर पुण्य कामको अनुभुति गरेको समेत स्थानीय कवर बासीहरुले बताउँछन् ।
पछिल्लो समयमा बिसासय सामुदायिक वन र समुदायको वन प्रतिको माया र सामुदायिक वनको नेतृत्व प्रतिको विश्वास बढिरहेको छ ।

बिरुवा रोपण कार्य गरेर बिसासय सामुदायिक वनलाई सहयोग गरेकोमा सम्पूर्ण बासीले सहयोगात्मक भावना राखेको समेत बिसासय सामुदायिक बनका अध्यक्ष गङ्गा प्रसाद घिमिरेले जानकारी गराउनु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

