Rashtriya Dainik

बलात्कार विरुद्ध महेशपुरमा युवाहरुको विरोध प्रदर्शन

विनोद निगम/ नवलपरासी, १ भाद्र।

भारतको पश्चिम बंगालको कोलकातामा एक महिला चिकित्सकको बलात्कार र हत्या भएपछि भारतको विभिन्न ठाउँ लगाएत नेपालमा पनि प्रदर्शन सुरु भएको छ। आज पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०१ पर्ने महेशपुरमा युवाहरुले विरोध प्रदर्शन गरेका छन्।

नेपाल-भारत सिमाना आगाडि विरोध प्रदर्शन गर्दै युवाहरुले घटना संग सम्बन्धित सबैलाई कानुन बमोजिम सजायको माग गर्दै नेपाली चेलीबेटीलाई समेत सुरक्षा गर्न नेपाल सरकार संग आग्रह गर्दै कुटनीतिक पहल चाल्न आग्रह गरेका हुन ।

कोलकाता स्थित आरजी कर मेडिकल कलेजमा कार्यरत ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सक माथि गत साता शुक्रवार आक्रमण भएको थियो।

झन्डै ३६ घण्टा निरन्तर काम गरेपछि थाकेकी ती चिकित्सक एउटा सभाकक्षमा निदाएकी थिइन्। त्यसको भोलिपल्ट उनका सहकर्मीहरूले त्यहाँ उनको अर्धनग्न शरीर फेला पारे। उनको शरीरमा निकै चोटपटक लागेको थियो। प्रहरीले उक्त घटनामा सन्दिग्ध मानेर अस्पतालमा स्वयंसेवा गर्न आएका एक सन्दिग्ध व्यक्ति पक्राउ गरिएको र अनुसन्धान चलिरहेको जनाएको छ।

उक्त घटना सार्वजनिक भएपछि भारत,नेपाल लगायत विभिन्न देशमा आक्रोश उत्पन्न भएको छ। महिला माथि हुने यौनिक हिंसाको विरोध गर्न सामाजिक सञ्जालमा आह्वान गरिएपछि बुधवार राति कोलकातामा हजारौँ महिलाहरूले ‘रिक्लेम द नाइट’ जुलुस निकाले। दिल्ली, हैदराबाद, मुम्बई र पूणेमा पनि मानिसहरूले विरोध प्रदर्शन गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित