Rashtriya Dainik

बिरगंजमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

बिरगंज,१ भदौ

निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को सहयोगमा तथा बिरगंज महानगरपालिका वार्ड नम्बर १३ कार्यालयको आयोजनामा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा १ सय ५७ जना बिरामीहरूले स्वास्थ्य सेवा लिएका छन्।
स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा सेवा प्रदान गरियो। डा. अच्यूतानन्द लाल कर्ण (बरिष्ठ फिजिसियन, मुटु, हार्ट, चिनी, मधुमेह, थाइराइड, किडनी रोग विशेषज्ञ), डा. प्रशान्त साह (बरिष्ठ फिजिसियन), डा. अरबिन्द (कु) साह (हार्ड जोर्ने तथा नशा रोग विशेषज्ञ, सर्जन), डा. नविन झा (बरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ), र डा. तेजनाथ तिवारी (सेनियर मेडिकल अफिसर) ले बिरामीहरूको स्वास्थ्य जाँच गरी सेवा प्रदान गरे।
शिविरमा नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. अशोक कुमार गुप्ताको पनि महत्वपूर्ण भूमिका रहेको थियो।

कार्यक्रममा एम.डी. कुनाल महतो, हस्पिटल प्रमुख सदाम हुसेन, मार्केटिङ अफिसर बुलेट तिवारी, वडा अध्यक्ष हिरालाल गिरी, सदस्य कमरुदिन अन्सारी, महिला सदस्य जुबैदा खातुन, वडा सचिव रामचन्द्र पटवारी, कम्प्युटर अपरेटर रचना अधिकारी, ल्याब टेक्निसियन अनिल कुमार, गगा प्रसाद चौधरी, हेल्थ असिस्टेन्ट बिनय साह, र स्टाफ नर्स लक्ष्मी बि.क कार्यालय सहयोगी हरिनारायण महतो लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो। साथै, स्थानीय बुद्धिजीवी र अगुवाहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित