राष्ट्रिय दैनिक / नवलपरासी ,३२ साउन
पश्चिमकाे सदरमुकाम परासीमा दुईदिने सुचनाकाे हक सम्बन्धित तालिम बिहीबार सम्पन्न भएको छ ।
सामुदायिक सारथीको आयोजनामा भएको तालिममा जिल्लाकाे सात वटै पालिकामा सञ्चार क्षेत्रमा कार्यरत रहेका तथा अभिरुचि राख्ने २५ जना सहभागीतामा तालिम सम्पन्न भएको हाे ।
कार्यक्रममा प्रशिक्षक तारा बहादुर भण्डारीले सूचनाको हक , सूचनाको परिचय , सूचनाको कार्य , सूचना कारण सहितको प्रमाण , सूचनाको हकको सिद्धान्तहरु , सार्वजनिक निकाय ,सूचनाको वर्गीकरण , सूचना सम्बन्धि ऎन कानुन , सूचना अधिकारको व्यवस्था , सुचना अधिकारीको जिम्मेवारी लगाएतका विषयहरुमा प्रशिक्षण गर्नुभएको थियो ।

साथै सुचना माग गर्ने तरिका र विधिको विषय तथा सुचनाले उत्पादन गर्ने शक्ति ,चुनाैति लगाएतकाे विषयमा प्रशिक्षक लुनिभा तुलाधरले गर्नुभएको थियोे । त्यस्तै वकालतको परिचयका ,कार्ययोजना ,सहकार्य ,सशक्तीकका र सूचनाको हकको दुरुपयोग गरेमा जरिवाना लगायतका सजायको भागिदार हुने विषयमा प्रशिक्षक करण बहादुर नेपालीले जानकारी दिनु भएको हाे।

त्यस्तै सुचना मागकाे पुर्व कार्ययोजना र सशक्तीकरण , क्षमता अभिबृद्धिका साथै आफ्नो परिचय आफै खोजी गर्नु पर्छ भन्ने कुराको जानकारी प्रशिक्षक अनिता गुरुङले बताउनुभएको थियो । चार जना प्रशिक्षकले प्रशिक्षण गरेको कार्यक्रममा RTI का केन्द्रीय उपाध्यक्ष बृजराज कुश्वाहाले सहजीकरण गर्नुभएको थियोे । साथै तालिममा सहभागिहरुले तालिम पश्चात कम्तिमा पनि एक एक वटा सूचना माग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

कार्यक्रमकाे अन्तिममा सराेज धितालकाे अध्यक्षता रहनेगरी ११ सदस्यीय सुचनाकाे हक सम्बन्धि जिल्ला समिति समेत चयन गरिएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

