Rashtriya Dainik

क्यान्सर हुनुअघि देखिन्छन् यी ७ लक्षण, नगर्नुस् बेवास्ता

एजेन्सी : क्यान्सर यस्तो रोग हो जुन विस्तारै–विस्तारै पूरै शरीरभरी फैलिन्छ । सही समयमा क्यान्सरको लक्षण पत्ता लगाउन नसकेमा यसले ज्यानै समेत लिन सक्छ । क्यान्सर शरीरमा फैलिनु अगाडि देखिने लक्षणहरुको पहिचान गर्न सकेमा यसको उपचार सम्भव हुन्छ ।

चिकित्सकका अनुसार क्यान्सरका सुरुवाती लक्षणहरु अस्पष्ट हुन्छन् । जसलाई सजिलै चिन्न सकिन्नँ । तर, केही लक्षणहरुले क्यान्सर हुनसक्ने सम्भावनातर्फ इशारा गर्ने गर्छ । क्यान्सरसँग जोडिएका अनुसन्धानले सुरुवाती लक्षणहरुलाई क्यान्सरको ‘अलार्म’ भनिन्छ ।

१. शरीरको कुनै एक अंगमा लामो समयसम्म लगातार दुखाई हुनु, औषधिको सेवनले पनि कुनै असर नदेखाउनु, कुनै रोग नै नभई दुखिरहनु, असहज महसुस हुनु आदि क्यान्सरका सुरुवाती लक्षणहरु हुन् । यस्तो अवस्थामा सही जाँच गराउन आवश्यक छ । चिकित्सकका अनुसार लगातार छाती, फोक्सोमा दुखाई हुनु, टाउको दुख्नु, पेट दुख्नु आदि समस्याको जाँच गर्नुपर्ने हुन्छ । यस्तो दुखाई हुनु भनेको क्यान्सर नै हुनु भन्ने होइन तर यस्ता लक्षण देखिए सही जाँच गर्न भने आवश्यक छ ।

२. लगातार खोकी लाग्नु र खकारमा रगत देखापर्नु पनि क्यान्सर लाग्नुअघिको लक्षण हुनसक्छ ।

३. मुत्रथैली र पिसाबसँग जोडिएका समस्याहरुले पनि क्यान्सर हुनसक्ने सम्भावना रहेको देखाउँछ । पिसाबमा रगत देखिए यसले गम्भीर समस्या हुनसक्ने संकेत गर्छ ।

४. महिलाहरुले महिनावारी रोकिएपछि (मेनोपोज) पनि जाँच गराइरहन आवश्यक छ । मेनोपोजपछि पनि रगत बग्नु सामान्य लक्षण होइन । यसमा साथै, दिसामा रगत देखिनु, गिजा वा मुखमा रगत आउनु पनि क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ ।

५. बिनाकारण लगातार शरीरको तौल कम हुँदै जानु पनि क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ । अग्नाशय, पेट, ग्रासनली, फोक्सो आदिमा क्यान्सर हुँदा यस्ता समस्या देखिन्छन् ।

६. आन्द्रासँग जोडिएका समस्या लगातार देखिनु पनि क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ ।

७. लगातार थकान महसुस हुनु, राम्रो पोषकयुक्त खाना खाँदा पनि कमजोर महसुस गर्नु आदि पनि क्यान्सरका सुरुवाती लक्षण हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित