Rashtriya Dainik

पुरानै कार्यसमितिलाई निरन्तरता दिँदै साधारण सभा सम्पन्न

रञ्जीत शर्मा/ नवलपरासी, ३० साउन।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं २ अवस्थित हरपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पहिलो साधारणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष ध्रुव नारायण केवटको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका वार्ड नं २ का वडा अध्यक्ष जगदीश प्रसाद गुप्ताको प्रमुख अतिथिक्तामा सम्पन्न भएको छ।

अधिवेशनबाट पुनः ध्रुव नारायण केवट अध्यक्ष पदमा चयन हुनु भएको छ। त्यस्तै उपाध्यक्षमा सद्दाम राईन्, सचिवमा  दिलीप मिश्र, सह-सचिवमा गोविन्द गुप्ता,कोषाध्यक्षमा पुनिता बरेठा, सदस्यमा तिजई तेली,अमजद खान, सन्ध्या तेली,अमरजीत अहिर, जयराम चमार, कलावती देवी कहार चयन हुनु भएको छ।

त्यस्तै लेखा समिति संयोजकमा अनिल जायसवाल सदस्यमा मनोज गुप्ता,लक्ष्मी हरिजन चयन हुनु भएको छ भने सल्लाहकार समितिमा ओम प्रकाश काहार, शशिकला लोनीया, गीता देवी चमारलाई पुनः निरन्तरता दिइएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले खानेपानीको संरचना निर्माण भईसकेको हुनाले छिट्टै विभिन्न निकाय संग सहकार्य गरी जनतालाई खानेपानी खुलाउने लक्ष्य लिएको बताए ।

त्यस्तै संस्थाका अध्यक्ष केवटले हालसम्म खानेपानीको लागि आफ्नो व्यक्तिगत समितिका २/४ जनाले २० हजार रुपैयाँ सम्म खर्च गरेको तथा खानेपानी विभागबाट २० लाखको लागतमा पाइप,जनरेटर आदि व्यवस्थापन भइसकेको हुनाले छिट्टै गाउँपालिका र प्रदेश सरकार संग सहकार्य गरी पाईप विस्तारको काम थालनी गर्ने तयारीमा रहेको बताए।

कार्यक्रममा कार्यापालिका सदस्य लीलावती हरिजन, वार्ड सदस्य रामसजिवन गुप्ता, विश्वनाथ यादव,आस्मा खातुन, वार्ड सविव गोविन्द गुप्ता लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित