आरपि उपाध्याय / नवलपरासी ,२९ असार
पश्चिम नवलपरासीमा रहेको सशस्त्र प्रहरी बल नेपाल २६ न. गण अन्तर्गत बि.ओ.पी गुठीप्रसौनीको नव निर्मित भवन एक कार्यक्रमका बिच मङ्गलबार उद्घाटन गरिएको छ।
सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक अभि कुमार खत्रीले नव निर्मित भवनको उद्घाटन गर्दै शान्ति,सुरक्षा प्रतिबद्धताको महानतम जिम्मेवारीलाई पालन गर्दै राज्यले दिएको निर्देशनलाई अक्षरश: पालन गर्नु हामी सबैको कर्तव्य रहेको बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सशस्त्र प्रहरी बल नेपाल न.५ बिन्ध्यावासिनी बाहिनीका बाहिनी पति स.प्र.ना.म.नि. खत्रीले सिमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न कडाइका साथ निगरानी बढाउनु पर्ने तथा सिमा सुरक्षा र नागरिकको जिउधनको रक्षा गर्ने कार्यमा दिनरात क्रियाशिल रहन पनि निर्देशन दिनुभयो।
नवनिर्मित भवन उद्घाटन समारोहमा २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले स्वागत तथा भवन निर्माण प्रतिवेदन प्रस्तुत गर्दै २०७७ जेठ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ भइ थप म्याद सहित ०७७ मङ्सिर ७ गते भवन निर्माण कार्य सम्पन्न भइ हस्तान्तरण गरिएको जानकारी दिनुभयो।

ओम सत्य साइ कन्ट्रक्सन प्रा.लि. भरतपुर चितवनले प्राप्त गरेको ठेक्कामा विनियोजित रकम ८७ लाख १ हजार ३ सय ७७ रुपैयाँमा नयाँ भवन निर्माण भएको पनि गणपति वाग्लेले जानकारी दिनुभयो ।
भवन उद्घाटन समारोहमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायतले आफ्नो भनाइ राख्नुभएको थियो।

भवन उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि,सामाजिक व्यक्तित्व र सशस्त्र प्रहरी बल २६ न. गण अन्तर्गतका युनिट प्रमुखहरुको पनि उपस्थिति रहेको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

