Rashtriya Dainik

बंगलादेशी हिन्दू माथि भइरहेको दमनको विरुद्ध महेशपुरमा विरोध प्रदर्शन

विनोद निगम/ नवलपरासी,२९ साउन।

बङ्गलादेशमा आरक्षण व्यवस्थाको विरोधमा प्रदर्शन उग्र भए पश्चात प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिए लगतै बङ्गलादेशी हिन्दू माथि इस्लामिक समूहहरुद्वारा बर्बरतापूर्ण आक्रमण शुरु भइ हिन्दू समुदाय माथि भइरहेको दमनको विरुद्धमा महेशपुरमा विरोध प्रदर्शन भएको छ।

विरोध प्रदर्शनमा बंगलादेशमा रहेका हिन्दु तथा बौद्ध धर्मावलम्बी माथि भएको हत्या, आक्रमण, आगजनी तथा सिर्जना गरिएको त्रासदी मानवता विरोधी रहेको भन्दै त्यस्ता घटनालाई तत्कालन रोक्न व्यक्ताहरुले आग्रह गरेका थिए । बंगलादेशमा धर्म र नश्ल पहिचान गरी गरिएको आक्रमण रोक्न पर्याप्त कूटनैतिक पहल थाल्न पनि सरकारलाई आग्रह गरेका थिए।


मानवता विरोधी तत्वहरु द्वारा घटाइएको उक्त घटनाको विरुद्धमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।महेशपुर सीमा नाका देखि सुरु भएको र्याली सहिद चोकमा गई परिणत भएको कोण सभामा बोल्ने वक्ताहरुले मुस्लिम समुदायका व्यक्तिहरुले हिन्दू नेता, क्रिकेटर, व्यापारी तथा आम वङ्गलादेशी हिन्दू समाजमाथि वर्बरता पूर्ण आक्रमण गर्दै हिन्दू धर्मका मठ मन्दिर समेतलाई निशाना बनाएको घटनाले समस्त सनातन हिन्दू समाजलाई आहात एवं आक्रोशित बनाएको हुँदा तत्काल कुटनीतिक पहल चाल्न सरकार संग आग्रह गरेका थिए।

बंगलादेशमा ज्यान गुमाउनेको आत्माको चीर शान्तिको लागि दीप प्रज्वलन समेत गरेको थियो। बंगलादेशको जनसङ्ख्या १६ करोड ५१ लाख छ । त्यसमध्ये ७.९५ प्रतिशत अर्थात् एक करोड ३१ लाख मात्र हिन्दु छन् । बंगलादेश अस्तित्वमा आउँदा त्यहाँ १८ प्रतिशत हिन्दु थिए । तर बिस्तारै हिन्दुहरू अल्पसङ्ख्यक हुँदै गए ।

कार्यक्रममा विश्व हिन्दु परिषदका जिल्ला अध्यक्ष गोपाल गिरि ,सचिव अनिल अग्रहरी र हिन्दु स्वयंसेवक संघ भैरहवा विभाग कार्यवाह रघवेन्द्र द्विवेदी, हरिबहादुर साहनी,दुर्गा जैसवाल,टिनि निगम,वीरेन्द्र गुप्ता,विनय निगम,सोनु रौनियार लगायत महेशपुर-रमपुरवा पाल्हिनन्दन युवा वर्गहरूको सहभागी रहेको थियो।

अहिलेका विभिन्न रिपोर्ट अनुसार बाँकी रहेका हिन्दु माथि पनि धेरै ठुलो सङ्कट आइलागेको छ । बंगलादेशमा रहेको मन्दिर तोडफोड गर्नुका साथै हिन्दुको घरमा आगजनी, लुटपाट हुने गरेका दृश्य बाहिर आएका छन् । त्यहाँ रहेका हिन्दु त्रसित छन् । यसका लागि नेपाललगायत अन्य देशका संघसंस्था तथा मानव अधिकारवादी संस्थाले अवाज उठाइरहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित