उमेश बि.क / नवलपरासी ,२८ साउन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा एक जना पुरुष मृत अवस्था भेटिएका छन्।
सरावल गाउँपालिका वडा नम्बर ४ बडसार सिवानामा पाेखरी नजिकै साेमबार एक जना पुरुषको शव मृत अवस्था भेटिएको प्रहरीले जनाएको छ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीका अनुसार अन्दाजी २९÷३० वर्षको देखिने पुरुष सरावल ४ पुर्नहा निवासी हिरन केवट मृत अवस्थामा पाेखरीको किनारामा भेटिएका हुन्।

मृत पुरुषको शव पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ भने शव पाेस्टमार्टमका लागि बुटवल लगिने जिल्ला प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

