आरपि उपाध्याय / नवलपरासी ,२८ साउन
हिन्दु धर्मावलम्बीहरुको आस्था र विश्वास केन्द्रको रुपमा रहेको चितवन माणी अन्तर्गत पर्ने बाल्मिकी आश्रम जान पैदल मार्गको एक भव्य कार्यक्रमको बिच उद्घाटन गरिएको छ।
विनयी त्रिवेणी ६ मा निर्माण भएको लवकुश झोलुङ्गे पुलले पुर्णता पाए लगत्तै श्रावण २८ गते अन्तिम सोमबारको अवसर पारेर सयौं सङ्ख्याका भक्तजनहरुले पवित्र नारायणी नदीबाट उठाइएको जल गाजाबाजाका साथ हालै बनाइएको पैदल मार्ग हुँदै आश्रम स्थित हरिहर मुर्तिमा जलार्पण गरिएको थियो।

सोमबार बिहान लवकुश झोलुङ्गे पुल पार गरि गण्डकी प्रदेशका सांसद लक्ष्मण पाण्डे,रोसन बहादुर गाहा,जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम बि.क.,विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले सामुहिक रुपमा बाल्मिकी आश्रम पुग्न जनश्रमदान बाट निर्माण भएको पैदल बाटोको उद्घाटन गर्नुभएको थियो।
चितवन राष्ट्रिय निकुञ्ज जङ्गलमा एक घण्टाको कठोर यात्रा पार गरि बाल्मिकी आश्रम पुगेको ठूलो सङ्ख्याका भक्तजनहरुले सीता माताको धर्ती प्रवेश स्थल,बाल्मिकी ऋषिको धुनी,श्री राम पुत्रको शिक्षालय,घोडा बाधेको किल्ला, सीता माताले प्रयोग गरेका सिलौटा लगायत त्रेता युगका धार्मिक सामाग्रीहरुको अवलोकन गरेका थिए।

बाल्मिकी आश्रममै ठूलो सङ्ख्याका भक्तजनहरुको उपस्थितिमा एक धार्मिक कोण सभा पनि सम्पन्न भएको छ।
त्रिवेणी गजेन्द्र मोक्ष क्षेत्र विकास समितिका अध्यक्ष करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यको अध्यक्षतामा कोण सभा सम्पन्न भएको थियो।
सो अवसरमा प्रतिनिधि सभाका पुर्व सदस्य तिलक महतले बाल्मिकी आश्रम पुग्न कठोर परिश्रमबाट बनेको बाटोलाई आगामी दिनमा थप प्रक्रिया पूरा गरि स्तरोन्नति गरिने र आश्रमको धार्मिक महिमा त्रेता युग संग जोडिएको हुँदा यो आश्रमलाई पहिचान सहितको तिर्थ स्थल बनाउन सबै पक्ष सकृय भएर लाग्नी पर्ने धारणा राख्नुभयो।

कोण सभामा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम बि.क.,विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरी,नेपाली काङ्ग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
त्रिवेणी स्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण पछि स्थलमार्गले पुर्णता पाए लगत्तै बाल्मिकी आश्रम जान भारत भुमिको प्रयोग गर्ने बाध्यता हटेको पनि स्थानीयले टिप्पणी गरेका छन।

सो अवसरमा नेपाल भारतका एक दर्जन सञ्चारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालक समेत रहनु भएका त्रिवेणी गजेन्द्र मोक्ष धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

