बिनोद निगम/ नवलपरासी ,२७ साउन
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका बाट नौं पुरिया खैरो ( ब्राउनसुगर ) सहित दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका- ५ बस्ने वर्ष ४० को अनिल कुमार कुर्मी सोही स्थान बस्ने वर्ष ५४ को फेकु पासी रहेका छन ।

उनीहरुलाई लागुऔषध बेचबिखन गरिरहेको भन्ने सुचनाको आधारमा शुक्रबार २५ गते राती ९ बजे जिल्ला प्रहरी कार्यालय परासीबाट खटि गएको प्रहरी टोलीले रामग्राम नगरपालिका वार्ड नं १७ पिपरहियास्थित बाटोमा चेकजाँच गर्ने क्रममा युपि ५८ एच ८६६१ नम्बरको मोटरसाइकल रोकी शरीर खानतलासी गर्दा अनिल कुमार कुर्मीको साथबाट ९ पुरिया खैरो हेरोईन (ब्राउनसुगर) जस्तो पदार्थ फेला पारी तौल गर्दा नेट तौल ९ ग्राम २३० मिलिग्राम रहेकोले तत्काल दुबै जनालाई नियन्त्रणमा लिएको सुचना जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवं डीएसपी रेशम बोहराले जानकारी दिए ।

पक्राउ पर्ने आरोपीहरुलाई आइतबार लागूऔषध सम्वन्धि कसुर शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत परासीबाट ७ दिनको म्याद थप अनुमति प्राप्त भई जिल्ला प्रहरी कार्यालय परासीको हिरासतमा राखी अनुसन्धान भईरहेको बोहराले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

