Rashtriya Dainik

कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा चट्याङ लागेर १० जना घाइते

धनगढी /२७ श्रावण

कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा चट्याङ लागेर १० जना घाइते भएका छन्। स्थानीय भीमबहादुर चौधरीको घरमा मानिस मृत्यु भएको १३औँ दिनको पुण्य तिथिमा रुखमुनि टेन्ट लगाएर महिलाहरू खाना पकाउने क्रममा दिउँसो चट्याङ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चट्याङ लागेर स्थानीय ५० वर्षीया फिरियादेवी चौधरी, ३५ वर्षीया रितादेवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापति चौधरी, ३२ वर्षीया किरन चौधरी र ३८ वर्षीया उर्मिला डगौरा घाइते भएका छन्।

यसैगरी, स्थानीय ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फूलकुमारी चौधरी, ३५ वर्षीया निर्मलादेवी थारू र घोडाघोडी नगरपालिका– ३ घर भएकी ३० वर्षीया ममता थारू घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए। घाइतेहरूको स्थानीय बर्दगोरिया अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित