अजय मिश्र/ कृष्णनगर,२७ साउन
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बैंक रोडबाट ईलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा खटिएको गस्ती टोलीले छ लाख मूल्य पर्ने अबैध कपडा बरामद गरिएको छ।
गस्ती टोलीले छ लाख मूल्य पर्ने अबैध कपडा बरामद गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभयो ।
भन्सार छली गरि ल्याएको कपडा वेवारिसे अवस्थामा रहेको लेडीज सुट १७७ पीस, साडी ८१ पिस, थानका कपडा ६३ थान, टावेल ८ थान रहेको र उक्त माल वस्तुको अन्दाजी मूल्य छ लाख राखेर आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

