आरपि उपाध्याय / नवलपरासी ,२५ साउन
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपरासी (ब.स.प.) को आयोजनामा विश्व आदिवासी जनजाति दिवस प्रतापपुरको बेलाटारीमा भव्यताका साथ मनाइएको छ।

“संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र,संरक्षित क्षेत्र र स्वयत क्षेत्र कार्यान्वयन गर प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर” भन्ने मुल नाराका साथ आदिवासी दिवस मनाइएको हो।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिकी अध्यक्ष तारा राना मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले संघीय सरकारमा आदिवासी जनजातिहरुको राम्रो प्रतिनिधित्व भएर पनि आदिवासीहरुले उठाएका माग पूरा नहुनु चिन्ताको विषय रहेको बताउदै राज्यको सबै निकायमा जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने माग न्यायोचित रहेको धारणा राख्नुभयो।
अध्यक्ष यादवले हामीले आफ्नो अधिकार खोज्दा आफ्ना कर्तव्यलाई कहिल्यै बिर्सन नहुने जिकिर पनि गर्नुभयो।
सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ पश्चिम नवलपरासीका पुर्व अध्यक्ष देवराज चौधरीले आफ्नो पहिचान,भेषभुषा र संस्कृतिको रक्षाका लागि सम्पुर्ण आदिवासीहरु एक भएर अगाडि बढ्नुपर्ने कुरामाथी जोड दिनुभएको थियो।

कार्यक्रममा प्रतापपुर गाउँपालिका का उपाध्यक्ष मान कुमारी चौधरी, वडा न.२ का वडा अध्यक्ष जयकिसुन चौधरी, नेपाल मगर संघ जिल्ला उपाध्यक्ष चुन बहादुर गाहा मगर,ठगइ गुरौ,बिजुला श्रेष्ठ,निसा गुरुङ,लाल बहादुर चौधरी लगायतले विश्व आदिवासी दिवसको महत्वबारे प्रकाश पार्नुभयो।
कार्यक्रममा आदिवासी जनजाति समुदायका युवायुवतीहरुले आफ्नो जातिय पहिरनमा सिङ्गारिएर विभिन्न नृत्य र गायन प्रस्तुत गरेका थिए।

सन १९९४ अगस्त ९ तारीखका दिन जेनेभामा आदिवासी जनजाति सम्बन्धि घोषणा सभा सम्पन्न भएपछि हालसम्म पनि सोही मितीमा आदिवासी जनजातिहरुले आदिवासी दिवस मनाउदै आएको कार्यक्रम सञ्चालक एवं महासंघका जिल्ला सचीव देव गुरुङले बताउनु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

