Rashtriya Dainik

पर्सा प्रहरीले वीरगन्जबाट ठुलो परिमाणमा ४ करोड रुपैया बराबरको ईलेक्ट्रिक भेप गरे बरामद 

वीरगञ्ज ,२५ सावन 

पर्सा प्रहरीले वीरगन्जबाट ठुलो परिमाणमा ईलेक्ट्रिक चुरोट (भेप) पक्राउ गरेको छ।

 शुक्रबार दिउसो वीरगन्ज महानगपालिका वडा नम्बर ६  रेल्वेरोडमा रहेको डाँफे ट्रान्सपोर्टमा छापामारी गरी ७६ कार्टुनमा  १५ हजार पिस प्रहरीले भेप नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले बीरगंजबाट अन्दाजी करिव चार कारेड मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) नियन्त्रणमा लिएको छ । 

वीरगन्ज महानगरपालिका वडा नं.६ रेल्वेरोड बस्ने राम प्रसाद बैरेको पकी घरमा घरकोठा भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृतरूपमा भण्डारण गरी राखेको भेप प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेलले जनाएकाछन । 

उपरिक्षक ढुंगेलका अनुसार भंसारबाट ४ वटा भेप फेला परेपछि प्रहरी खोजवीनमा लागेको थियो । खोजवीनका क्रममा डाफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरिएको राखिएको अवस्थामा भेप बरामद भएको उनले बताएकाछन् । पर्सा प्रहरीले पहिलोपटक बीरगन्जबाट यतिको ठूूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) नियन्त्रणमा लिएको हो।एउटा कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ भने ७६ कार्टुनमा करिब १५ हजार २ सय पीस रहेको छ । बरामद भेपको बजार मूल्य करिब अन्दाजी ४ करोड रुपियाँ बराबरको हाराहारीमा रहेको पर्सा प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित