Rashtriya Dainik

यौन शोषणको आरोपमा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई कारबाही सिफारिस

काठमाडौं । २४ साउन

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई कारबाही गर्न सिफारिस गरिएको छ । पार्टीको अनुशासन आयोगले स्थलगत अध्ययन सहितको छानबिनपछि महरलाई कारबाही सिफारिस गरेको हो ।

स्रोतका अनुसार महरलाई यौन शोषणको आरोप लागेको छ । यसअघि एक महिलासँगको उनको अडियो समेत सार्वजनिक भएको थियो ।

उनीमाथि आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थीको नेतृत्वमा तीन सदस्यीय समितिले छानविन गरेको थियो गठन भएको थियो । समितिमा हर्कबहादुर कुँवर (गोविन्द) र दीपकप्रसाद देवकोटा सदस्य थिए ।

यस्तै सोही समितिले एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई पनि कारबहाअी गर्न सिफारिस गरेको छ । उनीमाथि आर्थिक अपचलन र यौन शोषणको आरोप लागेको बताइएको छ ।

पार्टीकै एक महिलाले उजुरी दिएपछि अध्यक्ष शाहमाथि आयोगले छानबिन थालेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित