Rashtriya Dainik

नोबेल विजेता मोहम्मद यूनुस बने बांग्लादेशकाे अंतरिम सरकारकाे प्रमुख

काठमाडौँ —बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले शपथ लिएका छन् । उनले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा बिहीबार राति राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपति मोहम्मद शहबुद्दीनसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

युनुस नेतृत्वको अन्तरिम सरकारमा १६ सदस्य छन् । तीमध्ये नहिद इस्लाम र आसिफ महमुद आरक्षणविरोधी आन्दोलनको नेतृत्व गर्ने विद्यार्थ नेता हुन् ।

शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशको राजनीतिक संक्रमणकाललाई पार लगाउने जिम्मेवारी ८४ वर्षीय युनुसले पाएका हुन् ।

हसिनाको शासनकालमा भ्रष्टाचार र कानुन उल्लंघनका नाममा दर्जनौँ मुद्दा खेपेका युनुस खासमा बंगलादेशका गरिब नागरिक र अन्तर्राष्ट्रिय समुदायमा भने उनी नेतृत्वका विभिन्न सामाजिक अभियानहरुका कारण चर्चित र सम्मानित छन् । त्यही सम्मानित व्यक्तित्वका कारण मुलुकको राजनीतिक संक्रमणकाललाई पार लगाउने अभिभावकका रूपमा युनुसलाई अघि सारिएको हो ।

हसिनाको सत्ता ढाल्ने कारक बनेको विद्यार्थी आन्दोलनका अगुवाहरूले सुरूमा युनुसलाई अन्तरिम सरकारको प्रमुखको रूपमा अघि सारेका हुन् । विद्यार्थी आन्दोलनका अगुवाको मागलाई सम्बोधन गर्दै बंगलादेशको सेना र अन्य राजनीतिक दलहरूले पनि युनुसलाई जिम्मेवारी दिन तयार भए । सबैको आग्रहलाई स्वीकार्दै युनुस सरकारको प्रमुख बनेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित