Rashtriya Dainik

लागुऔषध कारोबारी चार जना युवा नवलपरासी प्रहरीको फन्दामा

राष्ट्रिय दैनिक / नवलपरासी ,२४ साउन

पश्चिम नवलपरासीको परासीबाट लागुऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चार जना युवा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले लागूऔषध विक्री वितरण गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ का २४ वर्षीय सन्दिप परियार, रामग्राम नगरपालिका-२ का २६ वर्षीय मोहम्मद सरिफ कुरेसी, रुपन्देही जिल्लाको देवदह नगरपालिका-७ का १९ वर्षीय राजन विक र रोहिणी गाउँपालिका-६ का ३९ वर्षीय ईरशाद मिया रहेका छन् ।

रामग्राम-२ कालिका टोलस्थित सरिफ कुरेसीको घरबाट उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । लागूऔषध सेवन गरि लठ्ठिएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । कुरेसीको घरमा लागूऔषध खरिद बिक्री भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा लागूऔषध समेत बरामद भएको डिएसपी बोहराले बताउनुभयो ।

उहाँका अनुसार उनीहरुको साथबाट डाईजोपाम २८ एम्पुल, फेनारागन २८ एम्पुल, बुर्फिनुर्फिन २७ एम्पुल तथा प्रयोग भएको सिरिन्ज एक थान फेला परेको छ।

पक्राउ परेका चारैजना विरुद्ध लागूऔषध सम्बन्धि कसूरमा मुद्धा दर्ता गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित