Rashtriya Dainik

सुस्ता गाउँपालिकाको आ.व. २०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,२४ साउन

पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको आ.व. २०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
सुस्ता गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, शाखा प्रमुख र सञ्चारकर्मीहरुको उपस्थितिमा वार्षिक समिक्षा कार्यक्रम सहितको अन्तरक्रियात्मक कार्यक्रम पालिकाको सभा हलमा सम्पन्न भएको हो।

सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

सो अवसरमा पालिका अध्यक्ष उपाध्यायले विकासको जग नै शिक्षा भएकोले अबको शिक्षा परिणाममुखी हुनुपर्ने धारणा राख्दै उज्यालो सुस्ता बनाउने अभियानमा सबै पक्षको सक्रियताको लागि आह्वान गर्नुभयो।

पालिका उपाध्यक्ष गितादेवी चौधरीले सुस्ता गाउँपालिकामा भएको हालसम्मको उपलब्धिलाई कायम राख्दै थप उपलब्धिको लागि सहमति, सहकार्य र एकताको माध्यमबाट अगाडि बढ्नुपर्ने कुरामाथी जोड दिनुभएको थियो।

समिक्षा कार्यक्रममा सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले आफ्नो स्थापना कालदेखी सुस्ता गाउँपालिकाले जन चाहना अनुसारको प्रगति गर्न नसकेको अवस्थामा गत आ.व. मा पालिकामा भएको प्रगति सन्तोषजनक भएको बताउदै आगामी दिनमा अझ बलियो इच्छाशक्तिका साथ सुस्तालाई समृद्धिको बाटोमा लगिने जिकिर गर्नुभयो।

वार्षिक समिक्षा कार्यक्रममा सुस्ता गाउँपालिका अन्तर्गतका १० को सङ्ख्यामा रहेका शाखा प्रमुखहरुले गत आ.व.को प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
सो अवसरमा सुस्ता गाउँपालिका अन्तर्गतका वडा न.१,२,३ र ५ का वडा सचीवहरुले पनि वडा कार्यलयहरुबाट गत आ.व.को प्रगति विवरण प्रस्तुत गर्नुभयो।

वार्षिक समिक्षा कार्यक्रममा नेपाली काङ्ग्रेसका खेमानन्द न्यौपाने,एमालेका खगेन्द्र अर्याल,जनमत पार्टीका समसाद अन्सारी,माओवादी केन्द्रका धरमेन्द्र पन्जियार,जनता प्रगतिशील पार्टी नेपालका बृष नारायण महतो लगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा सुस्ता गाउँपालिका अन्तर्गतका २ दर्जन सामुदायिक विद्यालयका प्रधानाध्यापक र सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेकोे जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित