Rashtriya Dainik

शुक्रवार सार्वजनिक बिदा

काठमाडाैं | २४ साउन

कर्णाली प्रदेश सरकारले शुक्रवार (साउन २५ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नागपञ्चमीका अवसरमा शुक्रवार बिदा दिने निर्णय गरिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

‘साउन २५ गते शुक्रवार नागपञ्चमी ( श्रावण शुक्ल पञ्चमी)को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ मन्त्रालयले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित