नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेताहरुले क्रान्तिकारी शक्तिहरुको एकता आवश्यक रहेको बताएका छन् ।
बुधवार पार्टीको जिल्ला संगठन समिति नवलपरासीले पार्टी सदस्य सम्मका लागि बर्दघाटमा आयोजना गरेको राजनैतिक बैचारिक प्रशिक्षणमा बोल्दै नेताहरुले यस्तो बताएका हुन् ।
पार्टी केन्द्रबाट धर्मेन्द्र बाँस्तोला समुहको बर्हिगमन पछि पार्टीले पार्टी सदस्य सम्म राजनैतिक बैचारिक रुपले प्रस्ट पार्ने योजना अनुसार कार्यक्रम गरेको हो । कार्यक्रममा पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज कृष्णराज पौडेलले धर्मेन्द्र समुहले अप्रत्याशित रुपले पार्टीबाट बर्हिगमन गर्नु राजनैतिक इमानदारी नभएको औल्याउनुभयो ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक श्याम बहादुर बोहोराले नेकपा(बहुमत)को महत्वपुर्ण हिस्सा क्रान्तिकारी कम्युनिस्ट पार्टीमै रहेकोले धैर्यतापुर्वक क्रान्तिकारी हेडक्वार्टरमा एकताबद्ध हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक निरज केसीले नयाँ जनवादी क्रान्तिको खुड्किलो पूरा गर्दै बैज्ञानिक समाजवादमा जाने पार्टीको कार्यदिशा बिरुद्ध भम्र छर्दै बाँस्तोला समुहले एकता असफल भएको घोषणा गर्नु लाई गैर राजनैतिक घटनाको संज्ञा दिनुभयो ।
पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापाले शहिदहरुका सपना माथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको भन्दै बाँस्तोला समुहले क्रान्तिकारी केन्द्रलाई पहिचान गर्न नसकेको बताउनुभयो ।

पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेय क्रान्ति कुनै अमुक पार्टीको मात्र ठेक्का नभएकोले नयाँ ढंगबाट आन्दोलन अगाडी बढाउने उद्घोष गर्नुभयो । प्रशिक्षण जिल्ला सहसंयोजक भिम छन्तेलको संचालन र अर्का सहसंयोजक गणेश बहादुर ढकालको स्वागतमा भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

