नवलपरासी २२ साउन
बङ्गलादेशमा उत्पन्न राजनिती घटनाक्रमलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.२६ गणको निर्देशन अनुसार सुरक्षा योजना तयार पारी कडाइका साथ असम्बन्धित र तेस्रो देशका नागरिकहरूको घुसपैठ तथा अवैध प्रवेश बढ्न सक्नेतर्फ सचेत रहँदै सीमा क्षेत्रमा उच्च निगरानी बढाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणले जनाएको छ ।
नवलपरासीमा सशस्त्र प्रहरीको एक सिमा सुरक्षा गुल्म र चारवटा विओपीहरू सिमा सुरक्षाको लागि तैनाथ गरिएको छ । जिल्लाका प्रतेक विओपीले आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षालाई मजबुद बनाउन र परिस्थितिको मूल्याङ्कन सहित उच्च निगरानी र सतर्कता अपनाउन सर्कुलर भएका छन् ।
सशस्त्र प्रहरीले तेस्रो देशका नागरिकहरू जथाभावी प्रवेश हुन नपाउन् भनेर सुरक्षा निगरानी र सतर्कता बढाइए संगै अन्य सुरक्षा निकायहरू संग आवस्यक समन्वय गरी काम गर्दै आएको सशस्त्र प्रहरीले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

