Rashtriya Dainik

दाङ्गको लमहीमा सहकारी सम्बन्धि बर्तमान अवस्था ,समस्या चुनौती र समाधान बिषयक अन्तरक्रिया

राष्ट्रिय दैनिक / दाङ ,२२ साउन

लुम्बिनी प्रदेशको राजधानी दाङको लमहीमा प्रदेश स्तरीय सहकारी सम्बन्धि बर्तमान अवस्था ,समस्या चुनौती र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाली काङ्ग्रेस केन्द्रिय सहकारी बिभागको निर्णय एव निर्देशन अनुरुप देशका ७ वटै प्रदेशमा सुरु गरिएको प्रदेश स्तरीय सहकारी सम्बन्धि अन्तरक्रिया साेमबार दाङ्गको लमहीमा सम्पन्न भएको हाे।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सहकारी बिभागको आयोजनामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सहकारी बिभाग संयोजक लिला पौडेलकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रिय सहकारी बिभाग प्रमुख तथा ने.का केन्द्रिय सदस्य देबेन्द्रराज कण्डेलकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा उठेका बिषयबस्तुमाथी बिचार राख्दै कांग्रेस सहकारी विभाग प्रमुख एवं का‌ङ्ग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका कण्डेलले सहकारी क्षेत्रमा देखिएका बिकृती अन्त्य गर्न सबै एकजुट हुन आग्रह गर्नु भएको थियो ।

वहाँले “यदि गलत व्यक्तिलाई दण्डित गर्न सकिएन भने त्यसले समाजमा दण्डहिनता बढाउने, बित्तिय अपचलन गर्ने, चन्दा उठाउने र ऋण तिनु पर्दैन भन्ने गलत सन्देश फैलाउने भएकोले त्यस्ता व्यक्ति र कामलाई निरुत्साहित गर्नु पर्नेमा जोड दिनु भएको थियो।

अन्तरक्रिया कार्यक्रममा केन्द्रीय बिभाग उपप्रमुख भानुभक्त ढकाल, नेफ्स्कुन अध्यक्ष चन्द्र ढकाल लगाएत १२ जिल्लाका पार्टी सभापतिहरु , विभिन्न सहकारी अभियन्ता,सहकारी अध्यक्ष पदाधिकारी एव सरोकारवाला ब्यक्तित्वहरुकाे सहभागीता रहेको थियोे ।

प्रदेश स्तरीय सहकारी सम्बन्धी बर्तमान अवस्था, समस्या चुनौती र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम गण्डकी प्रदेशबाट शुरु भएको थियो । अब मधेश प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशमा कार्यक्रम गर्ने बताइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित