Rashtriya Dainik

त्रिवेणी धामको शिवालय मन्दिरहरुमा ठूलो संख्यामा भक्तजनहरुले जल अर्पण र पुजापाठ गरे

आरपि उपाध्याय / नवलपरासी ,२१ साउन

नेपाल कै बहुचर्चित त्रिवेणी धामको प्रमुख शिवालय मन्दिरहरुमा श्रावन महिनाको तेस्रो सोमबार ठूलो सङ्ख्याका भक्तजनहरुले जल अर्पण र पुजापाठ सम्पन्न गरेका छन।

श्रावण महिना आदिदेव महादेवको विशेष पुजापाठ गरिने महिना भएकोले शिवालयहरुमा ठूलो सङ्ख्याको भक्तजनहरुको उपस्थिति रहेको हो।

त्रिवेणी धाममा रहेको डेढ दर्जन मठमन्दिरहरु मध्ये बालपुरी कुटी दिव्य धामको आयोजनामा १०८ शिवलिङ्गमा जल अर्पण सहित पुजन कार्य गरिएको जानकारीमा आएको छ।
बालपुरी दिव्य धामकै आयोजनामा ११०८ कन्या भोजन कार्य अन्तर्गत दुई संस्थागत विद्यालयहरुका बालिकाहरुलाई सम्मान सहित भोजन प्रसाद वितरण गरिएको दिव्य धामले जानकारी दिएको छ।
श्रावण महिनाको तेस्रो सोमबार विनयी त्रिवेणी ७ को उज्ज्वल शिशु इङलिस बोर्डिङ स्कुलका १०२ बालबालिका र विनयी त्रिवेणी ६ को ब्लुमिङ्ग बड्स इङलिस बोर्डिङ स्कुलका ७२ बालिकाहरुलाई भोजन प्रसाद वितरण गरिएको हो।

श्रावण महिना भरिकै सोमबारको अवसरमा बालपुरी दिव्य धाममा बालिका भोजन प्रसाद व्यवस्थापन कार्यमा त्रिवेणी युवा समाज संस्थाको सक्रियता रहेको थियो।
त्रिवेणी युवा समाज संस्थाले उपस्थित बालबालिकाहरुलाई प्रसाद वितरण लगायतको कार्य गरेको युवा समाज संस्थाको अध्यक्ष अमर क्षेत्रीले बताउनु भयो।


अध्यक्ष क्षेत्रीले सामाजिक र धार्मिक कार्यमा त्रिवेणीका युवाहरुलाई एक ढिक्का बनाइ सामाजिक गतिविधिमा सक्रिय गराउनु नै युवा समाज संस्था परिवारको लक्ष्य रहेको प्रतिक्रिया दिनुभयो।
बालपुरी दिव्य धामका महन्त श्री १००४ बाबा मोहन पुरीको आर्थिक सहयोगमा कन्या भोजन कार्यक्रम सञ्चालन भइरहेको बताइएको छ।
कन्या भोजन एवं प्रसाद वितरण कार्यक्रम आउदो श्रावण २८ गते पनि सञ्चालन हुने आयोजकले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित