Rashtriya Dainik

मोटरसाइकल अनियंत्रित भइ पल्टिदा एक भारतीय नागरिकको घटना स्थलमै मृत्यु

आरपि उपाध्याय / नवलपरासी ,२१ साउन

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ साहुमारा तर्फ जाने नेपाल गण्डक पश्चिमी नहरको पुलमा मोटरसाइकल अनियंत्रित भइ पल्टिदा एक भारतीय नागरिकको घटना स्थलमै मृत्यु भएको छ।

त्रिवेणी स्थित नारायणी नदीबाट जल भरी पश्चिम तर्फ जाँदै गरेको यु.पि.५६AP९२१२ नम्बरको मोटरसाइकलमा सवार भारत युपि महाराजगन्ज निचलौल बस्ने वर्ष ४० का प्रकाश भारतीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेद बहादुर पौडेलले जानकारी दिनुभएको छ।
सोमबार बिहान ५.३० बजेको समयमा दुई व्यक्ति मोटरसाइकलमा सवार भइ पश्चिम तर्फ जाँदै गर्दा पछाडी बसेका वर्ष २८ का अशोक राजभर गम्भीर घाइते अवस्थामा रहेकोमा उपचारको लागि जिल्ला पृथ्वी चन्द्र अस्पताल परासी पठाइएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल दुर्घटना भए लगत्तै ई.प्र.का. त्रिवेणीका प्रहरी जनशक्ति घटना स्थलमा पुगि घाइते राजभरलाई उपचारका लागि परासी पठाइएको र मृतक प्रकाशको शवलाई पोस्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल पश्चिम नवलपरासीमा पठाइएको बताइएको छ।

मोटरसाइकल दुर्घटना स्थल ई.प्र.का. त्रिवेणीदेखी ३ किलोमिटर पश्चिम तर्फ रहेको त्रिवेणी प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित