Rashtriya Dainik

कांग्रेसले गण्डकी प्रदेशबाट शुरु गर्‍यो सहकारी सम्बन्धी अन्तरक्रिया

पोखरा, २० साउन ।

नेपाली काङ्ग्रेस केन्द्रिय सहकारी बिभागको निर्णय एव निर्देशन अनुरुप देशका ७ वटै प्रदेशमा सुरु गरिएको प्रदेश स्तरीय सहकारी सम्बन्धी बर्तमान अवस्था, समस्या चुनौती र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम शनिबार गण्डकी प्रदेशबाट सुरु भएको छ ।

नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सहकारी बिभागको आयोजनामा भएको कार्यक्रममा सभापति नेपाली कांग्रेस गण्डकी प्रदेश सहकारी बिभाग संयोजक सीता गुरुङले गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सहकारी बिभाग प्रमुख तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल र बिशिस्ट अतिथी नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्र राज शर्मा रहनुभएको थियो ।

त्यस्तै कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाकाका नेपाली कांग्रेसका जिल्ला सभापतिहरु, विभिन्न सहकारी अभियन्ता, सहकारी अध्यक्ष पदाधिकारी एव सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रदेश स्तरीय सहकारी सम्बन्धी बर्तमान अवस्था, समस्या चुनौती र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम अब क्रमश लुम्बिनी प्रदेश, मधेश प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशमा कार्यक्रम गर्ने भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित