Rashtriya Dainik

अनेरास्ववियु नवलपरासीको २५ औं अधिवेशनबाट अध्यक्षमा पुनः सञ्जय मौर्य

राष्ट्रिय दैनिक / नवलपरासी ,२० साउन

अनेरास्ववियु नवलपरासीको २५ औं जिल्ला अधिवेशनबाट सन्जय मौर्यको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा गठन भएको छ।

दिव्यज्योती बहुमुखी क्याम्पसमा बर्दघाट–२ चिसापानीमा भएको अधिवेशनले उपाध्यक्षमा सन्देश न्यौपाने,मणि पाण्डे ,कमल ढकाललाई चयन गरेको छ भने सचीवमा बिनम भण्डारी र सह सचीवमा किरण बस्याल ,फ्रेन्सिस बस्याल र जिपि न्यौपानेलाई चयन गरेको छ ।


त्यसैगरी कोषाध्यक्षमा कामेश पासी र महिला विभाग प्रमुखमा प्रकृति सापकोटालाई चयन गरेको निर्वाचन मण्डलका अध्यक्ष सरोज ठकुरीले जानकारी गराउनु भएको छ ।


अनेरास्ववियु नवलपरासीका जिल्ला अध्यक्ष भोलानाथ कोइरी (सञ्जय मौर्य)को अध्यक्षता र केन्द्रिय कमितिका महासचिव नरेश रोकायको प्रमुख आतिथ्यतामा भएको जिल्ला अधिबेशनमा एमालेका केन्द्रिीय कमिटि सदस्य बिमला अर्याल,केन्द्रिय सल्लाहकार सदस्य खिमलाल पोखरेल,अनेरास्ववियु केन्द्रिय कमिटि सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज विनिता काफ्ले,पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारी,अनेरास्ववियुका केनिद्रय स्थाइ कमिटि सदस्य लेखनाथ खनाल,प्रदेश अध्यक्ष सान्तोष बाठा,केन्द्रिय कमिति सदस्य तथा जिल्ला इन्चार्ज निरज पौडmे,पार्टीका प्रदेश कमिटि सदस्य लक्ष्मी क्षेत्री लगाएतको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित