राष्ट्रिय दैनिक / काठमाडौं ,१९ साउन
भारतमाथि ऐतिहासिक जित हासिल गर्दै नेपालले काभा वुमन्स नेशनल लिग भलिवल २०२४ मा शानदार लय देखाएकाे छ।
दक्षिण एसियाली जायन्ट भारतमाथि नेपालले ३–२ सेटकाे जित हासिल गरेको हो।
राष्ट्रिय भलिबलका कुनै पनि प्रतियोगितामा नेपालले भारतमाथि हासिल गरेको यो पहिलो जित हो।
अधिकांश युवा खलाडी सहभागी नेपालले डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पहिलो, तेस्रो र पाँचौँ सेट आफ्नो नाममा लेखाएको हो।
पहिलो सेट २५–१८ ले जितेको नेपालले दोस्रो सेट भने १२–२५ ले गुमाएको थियो। तर, तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले खेल २५–१७ ले आफ्नो पक्षमा पार्यो।
चौथो सेटमा पुनः भारत हावी भयो। यो सेटमा सुरुदेखि नै अग्रता लिएको भारतले समग्रमा १८–२५ ले खेल जित्यो। त्यसपछि अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित दर्ता गरायो।
काभा वुमन्स लिगमा प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी छन्। शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् ।
जितपछि नेपालले दुई खेलबाट पाँच अंक जोडेको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सेटमा हराएको थियो । अब, नेपालले तेस्रो खेल आइतबार इरानसँग खेल्नेछ। पहिलो हार बेहोरेको भारतको तीन खेलबाट सात अंक छ। यसअघि भारतले इरानलाई ३–१ र माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

