आरपि उपाध्याय / नवलपरासी ,१९ साउन
सशस्त्र प्रहरी बल नेपाल २६ न. गण हे.क्वा. पश्चिम नवलपरासीले सरावल गाउँपालिका क्षेत्रबाट भारतदेखी नेपालमा अवैध रुपमा ल्याइएको मोबाइल बरामद गरेको छ।
सरावल गाउँपालिका ४ बडसारेमा ल्याइएको विभिन्न मोडेलका आइफोन र अन्य मोबाइल सहित ढुवानी कार्यमा प्रयोग भएको भारतिय नम्बर प्लेटको प्लाटिना मोटरसाइकल पनि बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ न.गणका डिएसपी यज्ञमान साउदले जानकारी दिनुभयो।
सशस्त्र प्रहरी बल २६ न. गणको नियमित गस्ती टोलीले बरामद गरेको सामाग्रीहरुमा विभिन्न मोडेलका आइफोन ४० पिस, पोको मोबाइल ४८ पिस र ढुवानीमा प्रयोग भएको मोटरसाइकल नियन्त्रणमा लिइ महेशपुर भन्सार कार्यालय बुझाउने कार्य भइरहेको डिएसपी साउदले बताउनु भएको छ।
सशस्त्र प्रहरी बल २६ न. गणले बरामद गरेको विभिन्न खाले मोबाइल र सवारीसाधनको कुल मूल्य ३२ लाख ७० हजार रहेको पनि गणले बताएको छ।
सशस्त्र प्रहरी बल २६ न. गणले श्रावण १८ गतेसम्मको विभिन्न मितीमा ५२ लाख ५१ हजार ४ सय २४ रुपैयाँ मूल्य बराबरको अवैध लत्ताकपडा,किराना सामाग्री सहित ढुवानी गर्ने मिनि ट्रक १ थान,पिकअप गाडी १ थान र लसुन, हार्डवेयर सामाग्री दाखिला भइसकेको तथा १ हजार ३८ केजी बोइलर कुखुरा नष्ट पारिएको पनि बताइएको छ।
सशस्त्र प्रहरी बल २६ न. गणले अवैध रुपमा ल्याइएको आइफोन,अन्य मोबाइल सेट र सवारीसाधन गरि कुल ८५ लाख ५१ हजार ४ सय रुपैयाँ बराबरको सामाग्री बरामद गरिसकेको पनि डिएसपी साउदले जानकारी दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

