कृष्ण ढकाल / नवलपरासी ,१९ साउन
नवलपरासीको बर्दघाट नगरमा रहेका नेकपा समाजवादीका ३५ जना नेता कार्यकर्ता सहित रास्वपा र माओवादीका नेता एमालेमा फर्केका छन ।
नेकपा एमाले बर्दघाट नगरकमिटिले आयोजना गरेको पार्टीको घरफर्क अभियान कार्यक्रममा नेकपा समाजवादीका रुक्मागत ज्ञवाली,कुलप्रसाद शर्मा,लोकेन्द्र बहादुर पाण्डे,आनन्द पुरी,विष्णुबहादुर थापा,दिपक श्रेष्ठ,हरि सुवेदी,पुकार जंग राणा,लक्ष्मी पाण्डे,शारदा पौडेल,रमा ज्ञवाली,सारदा घिमिरे,आकाश पाण्डे लगाएतका ३५ जना नेता कार्यकर्ताहरु नेकपा एमालेमा नै फर्केको नगर अध्यक्ष केशव बहादुर खत्री क्षेत्रीले जानकारी दिनु भएको छ ।
त्यसैगरी नेकपा माओवादीबाट खेम गैरे र रास्वपाबाट काशीराम न्यौपाने आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्केको अध्यक्ष खत्रीले जानकारी गराउनु भयो ।
आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्केर समाहित भएसंगै सोही कार्यक्रममा बोल्दै रुक्मागत ज्ञवालीले केहि समय आफु कारणवस देश बाहिर रहेको र केहि समय पार्टीबाट टाढा भएपनि अब पुनः आफ्ना सबै साथीसङगीहरु लिएर एमालेसंगनै जोडीएर अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
त्यसैगरी नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले एमालेपार्टीमा नै पुनः सामेल हुनुभएका नेता साथीहरुलाई पार्टीको बैठकमा बसेर छलफलका आधारमा जिम्मेवारी समेत प्रदान गरीने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
पार्टीको घरफर्क अभियान कार्यक्रममा पार्टीमा समाहित गर्न बर्दघाट आउनु भएका नेकपा एमालेका केन्द्रिय कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक निर्माण तथा सिंचाई मन्त्री भुमिस्वर ढकालले नेकपा एमालेलाई दरिलो र मज्बुत बनाउने पुराना पार्टीका नेता कार्यकर्ताहरु केहि समय पार्टीवाहिर भए पनि अब पार्टीसंगै जोडीएर जिम्मेवारी लिएर पार्टीलाई थप मज्बुत बनाएर लैजान आग्रह गर्नु भएको थियो ।

मन्त्री ढकालले एमाले सरकारले गरेका राम्रा काम र पार्टी गरेका राम्रा कामहरुलाई जनता सम्म लगेर मिसन ८४ मा संघ,प्रदेस र स्थानीत सरकार नेकपा एमालेको एकल बहुमतको सरकार हुने गरी अहिलेबाट नै जनतामाझ जान सुझाव दिनु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

